×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका लागि तीन जना नयाँ न्यायाधीश नियुक्त गर्नुभएको छ। न्याय परिषद्ले गरेको सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति पौडेलले उहाँहरूलाई नियुक्त गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका अनुसार नियुक्त हुने न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहनुभएको छ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम उहाँहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिएको उल्लेख छ। यो नियुक्तिसँगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्याले पूर्णता पाउने प्रक्रिया अघि बढेको छ।

प्रतिकृया दिनुहोस्