×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

निलम्बित प्रधानन्यायाधीश राणालाई रोक्न सर्वोच्चमा व्यापक सुरक्षाकर्मी परिचालन

निलम्बित प्रधानन्यायाधीश राणालाई रोक्न सर्वोच्चमा व्यापक सुरक्षाकर्मी परिचालन

काठमाडौं - सर्वोच्च अदालत प्रवेशद्वारमा कार्यालय समयअघि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा महाभियोग पुष्टि नभएको भन्दै सर्वोच्च अदालत हाजिर हुन आउने खवर प्रवाह भएसँगै अदालत परिसरमा सुरक्षा तैनाथी बढाइएको हो ।

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ (शनिबार) जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए ।

तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न आइतबार नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू सर्वोच्च अदालत पुग्ने तयारी गरेका छन् । उनीहरूलाई सहयोग गर्न सरकार पनि तत्पर देखिएको छ । जबरालाई रोक्न सर्वोच्चको मूल गैटमै कार्यालय समअ‍घि नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शनिबार अबेर राति महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउँदै गर्दा जबराले भने आफू नियमित काममा फर्कने सूचना सर्वोच्च प्रशासनलाई पठाएका थिए ।

जबराको यो तयारीको सर्वोच्च बार र नेपाल बार एसोसियसनले भने विरोध गरेको छ । निलम्बित प्रधानन्यायाधीशको आगमनलाई रोक लगाउने बारको तयारी छ ।

प्रतिकृया दिनुहोस्