×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शेखरलाई मत माग्दै गगनले भने- गल्ती क्षणभरकाे हुन्छ, पुस्तौंले पछुताउनुपर्छ

शेखरलाई मत माग्दै गगनले भने- गल्ती क्षणभरकाे हुन्छ, पुस्तौंले पछुताउनुपर्छ

काठमाडाैँ - नेपाली कांग्रेसकाे जारी १४औं महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गगनकुमार थापाले सभापति चयनकाे दाेस्राे चरणकाे निर्वाचनमा डा. शेखर काेइरालालाई मतदान गर्न आह्वान गरेका छन् । कांग्रेस प्रतिनिधिहरूकाे लागि याे समय दूरगामी महत्वकाे निर्णय गर्ने समय भएकाे उल्लेख गर्दै थापाले भनेका छन्-  ‘आजको गलत निर्णयले हामीले आगामी चार वर्ष मात्र होइन, अझै लामो समय पछुताउनेपर्नेछ ।’

विज्ञप्ति जारी गरेर प्रतिनिधिहरूलाई शेखरकाे लागि मत मागेका थापाले अन्तरमनकाे बचन सुनेर मत हाल्न भनेकाे छन् । विगतमा बीपी कोइरालाले पनि अन्तरमनकाे बचन सुनेर सही निर्णय गर्दै अगाडि बढेकाे थापाकाे भनाइ छ । ‘गणेशमान सिंह पनि त्यसको अपवाद हुनुहुन्थेन । आजको गलत निर्णयले हामीले आगामी चार वर्ष मात्र होइन अझै लामो समय पछुताउने पर्नेछ । इतिहासमा गल्ती एक क्षणको हुन्छ तर पुस्तौं ले पछुताउनुपर्दछ । त्यसैले हामीलाई त्यो गल्ती गर्ने छुट किमार्थ पनि छैन ।’

प्रतिनिधिहरूकाे एक मत निर्णायक बन्नसक्ने थापाकाे भनाइ छ । ‘आज निर्णय गर्ने बेला आएको छ, तपाईंको एक मत भोट आज यो मतदानको लाइनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग पनि जोडिएको छ । तपाईंको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्थान-विन्दु हुनेछ । एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरूको बलिदान र भावी सन्ततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा. शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुन: हार्दिक अपील गर्दछु,’ थापाले भनेका छन् 

प्रतिकृया दिनुहोस्