काठमाडौँ- नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले निष्पक्ष न्याय सम्पादन गर्न नसकेकाले महाभियोग ल्याउनु परेको बताएका छन् । उनले प्रधान न्यायाधीशले न्यायालयको कार्यभार पूरा गर्न नसकेको समेत बताए ।
उनले भने, ‘न्यायालयको कार्यभार पूरा गर्न सक्नु भएन । निष्पक्ष न्याय सम्पादन गर्न र न्यायालयको स्वच्छ छवि स्थापित गर्न सक्नु भएन ।’ यस्तै जबराको ३ वर्षे कार्यकालमा न्यायालयमा आर्थिक अनियमितता समेत बढेकाले महाभियोग ल्याउनु परेको दाबी गरे ।