×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सत्ताको पहिलो क्लासमा ज्ञान र वितृष्णा एकैसाथ पाएँ : सिके राउत

सत्ताको पहिलो क्लासमा ज्ञान र वितृष्णा एकैसाथ पाएँ : सिके राउत

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सत्ताको पहिलो क्लासमै ज्ञान र वितृष्णा पाएको टिप्पणी गरेका छन् । आइतबार दिउँसो बालकोट बैठकमा बसेका राउतले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सत्ताको पहिलो क्लास आज मै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस् म त सुनिरहें ।’

आइतबार दिउँसो बालकोट पुगेका थिए राउत । उनी नेतृत्वको पार्टीको समर्थनसहित माओवादी अध्यक्ष प्रचण्ड प्रधामन्त्री नियुक्त भएका छन् । सत्ताको पहिलो कक्षाबाट विरक्त लागे पनि काँधमा जनताको अपेक्षा र जिम्मेवारी भएकै कारण आफू बाध्य भएर सत्ताको खेलमा लागेको आशय उनले पोखेका छन् ।

प्रतिकृया दिनुहोस्