एजेन्सी- अमेरिकन वेब सिरिज ‘द वायर’का अभिनेता माइकल के विलियम्सको ५४ वर्षको उमेरमा निधन भएको छ । उनी न्यूयोर्कस्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका हुन् ।
न्यूयोर्क पुलिसले स्थानीय समयअनुसार सेप्टेम्बर ६ तारिक दिउँसो करिब २ बजे उनको मृत शरीर भेटिएको बताएको छ । माइकलको निधन ड्रग ओभर डोजका कारण भएको भनेर केही सञ्चार माध्यममा उल्लेख गरिएको भए पनि प्रहरीले पुष्टि गरेको छैन । एमी अवार्डका लागि छानिएको माइकल वेब सिरिज ‘द वायर’को भूमिकाले परिचित छन् ।