×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कलाकार जयनन्द लामाको निधन

कलाकार जयनन्द लामाको निधन

काठमाडौं - वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधबार बिहान २ बजे  भक्तपुरको कौशलटारमा रहेको आफ्नै घर अगाडि गाडिबाट ओर्लिने क्रममा लडेर निधन भएको बताइएको छ ।मंगलबार एक कार्यक्रमबाट घर फर्किने बेलामा उनी गाडीबाट लडेका हुन् । 
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। उनले कलकत्ते काइँयो लगायतका सयाैँ चर्चित गीतहरू गाएका छन् । पछिल्लो समय चलचित्र अभिनयमा पनि उनी व्यस्त थिए ।

उनले छक्का पन्जा चलचित्रका केही सिरिजहरूमा सेमत अभिनय गरेका थिए । भने नेपाली लोकदोहोरी संगीतको रियरिलटी शो ‘नेपाल लोकस्टार’को निर्णायकको भूमिकामा आबद्ध थिए ।

लामा लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरेका थिए।

प्रतिकृया दिनुहोस्