दाङ । चिटिक्क परेको घर, आफ्नै घरको सटरमा किराना पसल, घरको दाहिने पट्टी बाख्रा फर्म निकै ब्यवस्थित व्यवसाय देख्न सकिन्छ तुलसीपुर उप–माहानजरपालिका को वाई नं. २. बस्ने कमला थापाको । हामी उहाँको घरमा पुज्दा किराना पसलको सर सामान मिलाउनमा ब्यस्त हुनुहुन्थ्यो उहाँ । सुपर लघुवित्त वित्तीय संस्था लि. को स्थापनाकाल देखिकै उत्कृष्ट र मेहनती सदस्यहरु मध्यको एक जना सदस्य हुनुहुन्छ कमला थापा ।
समुह सदस्यको रुपमा उहाँले सुपर लघुवित्त वित्तीय संस्था लि. वाट वि. सं. २०६४ देखि झण्डै १२ वर्ष भन्दा बढीको सहयात्रा गर्नुभएको छ । सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड गैर सरकारी संस्था (फिङ्गो) सोसल अपग्रेड इन प्रोग्रेस अफ एजूकेशनल इन रिजन (सुपर) बाट रुपान्तरण भएर निर्माण भएको संस्था हो । श्रीमान प्रहरीमा जागीरे हुनुहुन्थ्यो, घर खर्च श्रीमानको तलबले चलेकै थियो । कमलाले पनि घरमा खेतीवारी र बस्तुभाउ गरेर घर चलाउन श्रीमानको साथ दिईरहनु भएको थियो ।
सामान्य रुपमा चलिरहेको कमला थापाको दैनिकीमा एकाएक समस्या आइपन्यो । देशैभरि माओवादीले शसस्त्र युद्ध र संघर्स गरीरहेको थियो । एकातिर घर परिवारको चिन्ता, अर्को तिर श्रीमानलाई केहि भईहाल्ने को कि भन्ने चिन्ता । यसै बिचमा श्रीमानले जागीर छोड्नु भयो । आम्दानीको स्रोत बन्द भयो, सामान्य जिवन गुजारा गरीरहेकी कमलाको परिवारमा भने अब आर्थिक समस्या देखा पर्न थालीसकेको थियो । दैनिक जिविका चलाउन निकै चुनौतीहरुको सामना गर्नु पन्यो कमलालाई त्यो बेला ।
श्रीमानले जाउँ घर तिरै सामान्य काम गरेर अलि अलि आम्दानी त गर्नुहुन्थ्यो तर उहाँको आम्दानीले परिवारको खर्च धान्न हम्मे परिरहन्थ्यो, छोरा छोरीलाई स्कुल पठाउने देखी घरको सम्पुर्ण खर्च चलाउन पुँजी रहेक थिएन । कमलालाई भने बिग्रिदै गएको घरको आर्थिक अवस्थाले निकै पिरोल्न थाल्यो । घरको अवस्था सुधार गरेर लैजानुपर्छ भन्ने लाज्न थाल्यो ।
सुरुमा उहाँले आफु पनि श्रीमान जस्तै ज्यालादारी काम गर्छु भन्ने सोच्नुभयो र केहि दिन गर्न पनि जानु भयो तर त्यो त्यति सजिलो भएन । त्यसरी ज्याला÷मजदुरी गर्दा बिहानै काममा निस्कनु पर्ने हुनाले घर ब्यवहार र बाल बच्चा हुर्काउन र रेखदेख गर्न निकै समयस्या हुन थाल्यो । एक दिनको कुरो हो, ठोलभरीका मानिस भेला भएको कुरा कमलाले थाहा पाउनु भयो । के रहेछ भनेर बुझ्न कमला पनि मानिसहरु भेला भएको ठाउँमा पुग्नुभयो । कुरा सुन्दै जाँदा गाउँमा आएका नयाँ ब्यक्ति सुपर संस्थाका कर्मचारी रहेछन ।
गाउँ टोलमा महिला दिदि बहिनीहरुको समुह बनाई क्रण लगानी गर्ने, उद्यमी बन्नका लागि व्यवसायिक तालीम पनि दिने, यस्तै यस्तै कुरा गरीरहेको सुनेपछि कमलाको मनमा निकै उत्सुकता जाग्यो । सुपर संस्थाले टोलमा समुह बनाएर बिना छिटो क्रण लगानी गर्ने कुरा थाहा पाउनु भयो । आवश्यक पर्दा सधै साहु माहाजनकोमा गएर क्रण लिने गरेकोमा जाउँ घरमै आएर बैंकले क्रण दिन्छ भन्दा सबै गाउँले संगै कमलालाई पनि अचम्म लागेको थियो । टोलका अरु दिदि बहिनीहरु जस्तै कमला पनि सुपर संस्थाले गठन गर्न लागेको समुहमा सामेल हुने निर्णय गर्नुभयो ।
कमला निकै मेहनती र लगनशिल हुनुहुन्थ्यो, निर्घक्क बोल्नु हुन्थ्यो । सुरुमा सुपर संस्थाले लघुवित्त सम्बन्धी कार्यक्रम लिएर टोलमा आउँदा लघुवित्तले समुह बनाई क्रण लगानी गरी महिलालाई उद्यमी÷ब्यवसायी बनाउने कुरा गर्दा आफुलाई विश्वास समेत नलागेको बताउने कमलाले साहुको बारेमा राम्ररी बुझ्नका लागी संस्थाले सन्चालन गरेको समुह प्रबेश तालिममा सहभागीता जनाउनु भयो । तालीम पश्चात कमलाले समुह निर्माण पछि कसरी क्रण लगानी हुन्छ र कसरी ब्यवसाय गर्न सकिन्छ भनेर बुझ्नु मात्र भएन अरुलाई समेत बुझाउन थाल्नुभयो र टोलमा निर्माण भएको केन्द्रको केन्द्र प्रमुख समेत चुनिएर टोलको नेतृत्व गर्न थाल्नु भयो ।
वि.सं. २०६४ सुरुका दिनहरु सम्झँदा पहिलो पटक क्रण लगाउँदै गर्दा सुपर संस्थाले रु. २००० मात्र कर्जा लगानी गर्ने गरेको सम्झिदै कमलाले भन्नु भयो, तिर्न सकिन्छ सकिन्न भन्ने दुविधा का बिच मैले पनि त्यति बेला रु. २००० क्रण लिए र रु. ४०० का दरले ३ ओटा बंगुरका बच्चा खरीद गरी बंगुर पालन ब्यवसाय सुरु गरे । यता किस्ताको रकम भने छिटो पर्ने भएकोले श्रीमानको कमाईबाट ब्यवस्था गरिन्थ्यो । केहि समय पछि बंगुरबाट राम्रै पैसा आएपछि हौसिएकी कमलाले त्यसपछि भने ४ ओठा बंगुरका बच्चा खरीद गर्नु भयो, साथै अपुण रकम फेरी क्रण लिनुभयो ।
त्यस बेला ब्यवसाय फस्टाउदै गएको भएपनि धेरै क्रण लिदा इुबिन्छ कि भन्ने डरले सुरुका केहि वर्ष थोरै थारै मात्र कर्जा चलाएको र त्यति बेला आफुले पैसाको महत्व राम्ररी नबुझको बताउने कमलाले अहिले भने लिएको त्रण सही काममा लगाउदा लगानी नडुब्ने र आम्दानी समेत हुने कुरा राम्ररी बुझ्नुभएको छ । अब बिस्तारै कमलाको दैनिकी र
आर्थिक अवस्था दुबैमा परिवर्तन आउन थालिसकेको थियो । सामाजिक रुपमा समेत निकै सक्रिय कमला थापा अहिले एक जना राम्रो उद्यमी तथा ब्यवसायी बन्नु भएको छ, तर उहाँसंग भने आफै प्रति, “पैसाको महत्व समयमा बुझन सकिएन” भन्ने एउटा गुनासो रहेछ । सुरु सुरुमा बोल्न समेत डराउने कमला अहिले एक सफल ब्यवसायी मात्र बन्नुभएको छैन आफुमा नेतृत्व क्षमताको समेत बिकास गर्दै एक सफल सामाजिक कार्यकर्ताको रुपमा समेत आफूलाई चिनाउनु भएको छ । बिस्तारै ब्यवसायमा सफलता मिल्न थाले संगैँ कमलालाई गाउँ टोलका मानिसहरुले चिन्न थालीसकेका थिए, निकै मेहनती र निर्धक्क बोल्न सक्ने कमलाले अब भने गाँउ टोलमा धेरै समुह तथा संघ संस्थाहरुको नेतृत्व थालिसक्नु भएको थियो ।
यसै बिच देशमा सरकारले स्थानीय निकायहरुको चुनाबको मिति घोषण गन्यो, धेरै को सल्लाह, श्रीमान र घर परिवारले सहयोगले पछि कमलाले पनि उम्मेद्धारी दिनुभयो र जित्नु पनि भयो । यसरी व्यवसायले कमलाको आर्थिक सगैँ सामाजिक अवस्थामा समेत आमुल परिवर्तन ल्यायो । तुलसीपुर उप–महानगरपालिका को वार्ड नं.२ की सुपर लघुवित्त वित्तीय संस्थाकी सदस्य रहेकी कमला थापा को दैनिकी आजभोली निकै ब्यस्त छ । ब्यवसाय गर्न थालेपछि कमलाको घरको छानो फेरीएर ढलान भएको छ, घडेरी फराकिलो भएको छ भने अन्न उब्जाउन खेत पनि जोड्नु भएको छ ।
सुरुमा बंगुर पालन मात्र गरेकी कमला संग अहिले भने उन्नत जातका बाख्रापालन र किराना पसलको खुद्रा ब्यापार समेत छ । परिवारका सबैजना मिलेर एकले अर्का लाई सघाउने गरेका छन् । पैसा कमाउनको लागी कतै बाहिर वा ज्याला मजदुरी गर्न जानुपर्ने अवस्था छैन । जसरी सुपर संस्थाले गाउँ टोलमा लघुवित्त कार्यक्रम संन्चालन गरी गरीबी उन्मुलनमा सहयात्री बन्ने उद्धेश्यले कार्यक्रम संचालन जरेको थियो त्यसको एउटा उदाहरण हुनुहुन्छ कमला थापा ।
सोसल अपओ्रेड ईन प्रोप्रेस अफ एजूकेशनल रिजन (सुपर) गैर सरकारी संस्था मार्फत सञ्चालन गरेको लघुवित्त कार्यक्रम आज रुपान्तरण भएर सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड भएजस्तै आत्म विश्वास, लगन र मेहनतका साथ लागेमा हरेक ब्यक्ति व्यवसायिक, सामाजिक लगायत हरेक क्षेत्रमा सफल हुन सकिने बुझाई र बिश्वास रहेको छ कमला थापाको । कमला जस्ता सफल महिला समाजमा सबैका लागी उदाहरण बन्न सक्छन् ।