×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

‘अफगानिस्तानको घटनाबारे सरकारको धारणा के ?’

‘अफगानिस्तानको घटनाबारे सरकारको धारणा के ?’

नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले अफगानिस्तानमा विकसित राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको र आफ्ना नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।  सोमबार (आज) बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बाँस्कोटाले यस्तो बताएका हुन् । ‘हामी सार्कको अध्यक्षता गरिरहेको राष्ट्र हौं,’ बाँस्कोटाले भने, ‘त्यसमाथि परमादेशबाट बनेको कम्फर्टेबल सरकार छ । तर, दुनियाँभर मादल बज्दा पनि यो सरकार ब्युँझिएन । उसले केही थाहा पाएन ।’

एक दक्षिण एसियाली राष्ट्रमा संकट उत्पन्न हुँदा सार्कको अध्यक्ष राष्ट्र मौन बस्नु स्वाभाविक नभएको बाँस्कोटाको तर्क छ । सरकारले ‘एक्सन’ लिनुपर्नेमा त्यसो गर्न नसकेको बाँस्कोटाको आरोप छ । यसप्रकारको गैरजिम्मेवार र उत्तरदायी सरकारको कल्पना नगरिएको भन्दै उनले अफगानिस्ताको घटनालाई लिएर सरकारको दृष्टिकोण संसदमा सार्वजनिक हुनुपर्ने माग गरेका छन् । बाँस्कोटाले भने, ‘कुनै पनि देश यस प्रकारका वैदेशिक हस्तक्षेप कुनै पनि स्वाधीन राष्ट्रका लागि कामयाबी हुँदैनन् । त्यही देशमा बलियो राष्ट्रवादी शक्तिको निर्माण हुनुपर्छ भन्ने पाठ हो यो ।’

प्रतिकृया दिनुहोस्