×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री देउवाले बोलाए गठबन्धनको बैठक

प्रधानमन्त्री देउवाले बोलाए गठबन्धनको बैठक

काठमाडौँ- आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले साढे ११ बजेपछि बैठक बस्न लागेको हो । 

बैठकका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन् । जसपा र राष्ट्रिय जनमोर्चाका नेता पनि बैठकमा सहभागि हुँदैछन् ।

वैशाखमा हुने स्थानीय चुनावमा पाँचदलीय गठबन्धन मिलेर जाने सहमति गरेका छन् । तर, चुनावी तालमेलको ढाँचा भने टुंगिएको छैन । स्थानीय तह निर्वाचनको तयारी र देखापरेका चुनौतीका विषयमा छलफल हुने बुझिएको छ ।

प्रतिकृया दिनुहोस्