×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘नाइँ नभन्नु ल ६’मा केकीकाे प्रवेश

‘नाइँ नभन्नु ल ६’मा केकीकाे प्रवेश

काठमाडौँ- अभिनेत्री केकी अधिकारी फिल्म ‘नाइँ नभन्नु ल ६’मा जोडिएकी छन् । चार दिनदेखि केकीलाई लिएर निर्माताले झापामा फिल्म सुटिङ गरिरहेका छन् । निर्मातामध्येका उत्तम केसीले केकीले छायाङ्कन सेट ज्वाइन गरेको बताए । केकीले पनि अझै डेढ साता छायाङ्कनमा व्यस्त हुने जानकारी दिएकी छन् ।

फिल्ममा केकीको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ । फिल्ममा आँचल शर्मा र आशीर्वाद बरालको प्रमुख भूमिका छ । विकासराज आचार्यको निर्देशनमा छायाङ्कन भइरहेको फिल्मलाई आगामी वैशाख १ गते रिलिज गर्ने योजना छ ।

प्रतिकृया दिनुहोस्