×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बेंग्लोरलाई हराउँदै राजस्थान आईपीएलको फाइनलमा

बेंग्लोरलाई हराउँदै राजस्थान आईपीएलको फाइनलमा

काठमाडाैँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई हराउँदै राजस्थान रोयल्स फाइनलमा पुगेको छ। शुक्रबारको खेलमा राजस्थानले बेंग्लोरमाथि ७ विकेटको जित हात पारेको हो।

शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। बेंग्लोरका लागि राजत पाटिदारले ५८ रनको पाली खेलेका थिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर १६१ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।राजस्थानका लागि जोस बटलरले अविजित १०६ रनको पाली खेले। अब आइतबार हुने फाइनल खेलमा राजस्थानले उपाधिको लागि गुजरात टाइटन्सको सामना गर्नेछ।

प्रतिकृया दिनुहोस्