×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लोसपाले बोलायो पहिलो पटक केन्द्रीय कार्यकारिणी बैठक

लोसपाले बोलायो पहिलो पटक केन्द्रीय कार्यकारिणी बैठक

काठमाडौँ- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिबाट बस्ने पहिलो कार्यकारिणी समितिको बैठक बोलाइएको हो । 

बैठकमा स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ । ‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ,’ सदस्य केशव झाले भने, ‘बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ ।’

प्रतिकृया दिनुहोस्