×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ३६ संक्रमित थपिए , १ सय ६९ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा  ८ हजार ६ सय ३६ संक्रमित थपिए , १ सय ६९ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा देशभर आठ हजार ३८७ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ हजार ६ सय ३६ कोरोना भाइरस संक्रमित थपिएका हुन् । 

यही अवधिमा देशभर १६९ जनाको मृत्यु भएको छ ।  २२ हजार ९३६ जनाको परीक्षण गर्दा आठ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै ७ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । सोमबार देशभर सात हजार चार सय २५ कोरोना सक्रिमत थपिएका थिए भने आइतबार देशभर आठ हजार ६ सय कोरोना सक्रमित थपिएका थिए । 
यसैगरि सोमबार कोरोना सक्रमणबाट एक सय ८५ जनाको मृत्यु भएको थियो भने आइतबार देशभर १९३ जनाको मृत्यु भएको थियो । 

यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ हजार ७००  पुगेको छ । यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ  भने निको हुनेको संख्या ४ लाख ४८ हजार ८ सय  ८७ पुगेको छ ।  
 

प्रतिकृया दिनुहोस्