×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसईईको नतिजा सार्वजनिक, एनजीको संख्या ५२ प्रतिशत बढी (यसरी हेर्नुहोस नतिजा)

एसईईको नतिजा सार्वजनिक, एनजीको संख्या ५२ प्रतिशत बढी (यसरी हेर्नुहोस नतिजा)

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ४४ हजार ७८५ विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२  (४७.८६ प्रतिशत) जनाले मात्रै ग्रेड प्राप्त गरेका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । ५२.१४ प्रतिशत परीक्षार्थी भने नन ग्रेड (एनजी) भएका छन्।


यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी नन ग्रेडमा परेका छन् ।

यस वर्षदेखि हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षामा न्यूनतम २७ अंक नल्याउने विद्यार्थी नन ग्रेड भएका छन् ।


दुई विषयसम्म एनजी पाएका विद्यार्थीले बोर्डले लगत्तै लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। जुन विषयमा एनजी भएको हो सोही विषयको मात्रै परीक्षा दिए पुग्ने छ । तर दुईभन्दा बढीमा एनजी पाएका विद्यार्थीले भने अर्को वर्ष उक्त विषयको परीक्षा दिनुपर्ने छ ।

May be an image of text

प्रतिकृया दिनुहोस्