काठमाडाैँ- सत्तारूढ दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउत काठमाडौंमा डेरा खोज्न थालेका छन् । काठमाडौंमा कोठा पाउनै गाह्रो भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आज पनि आफू कोठा खोज्न जान लागेको बताएका हुन् ।
शुभप्रभात !🙏काठमाडौं बस्न डेरा/घर खोज्नै गार्हो, आज पनि जाँदैछु। बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै #डाँडाकाँडातिर बसौंबसौं लाग्ने - कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू। घ्याम्पे डाँडास्थित #पाइलटबाबा आश्रम गत शनिबार जाँदाको तस्वीर। pic.twitter.com/r4RZGO9q4Z
— Dr. CK Raut (@drckraut) December 27, 2022