कीर्तिपुर- काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना भत्काउन सुरु गरेको छ । बिहीबार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काएको मेयर राजकुमार नकर्मीले जानकारी दिए।
नगरपालिकाले पहिलाे दिन जयबहादुर महर्जनको घर जग्गामा बनाएको संरचना भत्काएको हो । नक्सा पास नभएको ठाउँमा संरचना बनाएको, अग्लो पर्खाल बनाएको र त्यहाँ टहरा बनाएको भन्दै नगरपालिकाले डोजर लगाएर भत्काएको हो ।