×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पत्रकार एलबी विश्वकर्माको निधन

पत्रकार एलबी विश्वकर्माको निधन

 

काठमाडौँ- पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको छ । बुधबार राति अचानक मुटुमा समस्या देखिएपछि पाटन अस्पताल लगिएका उनलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।

अछामको रामारोशन निवासी विश्वकर्मा टिभी टुडे टेलिभिजनमा कार्यरत थिए । मृतकका भाइ ललित टमाटाकाअनुसार अचानक मुटुमा समस्या देखिएर लगिएको थियो । ‘राति अचानक गाह्रो भएर पाटन अस्पताल लिएका थियौँ,’ टमाटाले भने, ‘डाक्टरले मृत घोषणा गरिदिए । कसरी मृत्यु भयो भनेर डाक्टरले पनि स्पष्ट भन्नु भएको छैन ।’

उनका अनुसार एलबीको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्मा जातीय विभेदका विषयमा कलम चलाउँथे ।

0

प्रतिकृया दिनुहोस्