×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईपीएलआइपी क्रिकेट : लखनउद्वारा पन्जाब पराजित

आईपीएलआइपी क्रिकेट : लखनउद्वारा पन्जाब पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत  लखनउ सुपर जाइन्टले पञ्जाब किंग्स २० रनले हराएको छ ।
 गएराती पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनायो। लखनउका लागि ओपनर क्विन्टन डी ककले सर्वाधिक ४६ रन बनाउँदा दीपक होडाले ३४ रन बनाए। त्यस्तै दुश्मन्थ चमीराले १७, मोशिन खानले १३ तथा जेसन होल्डरले ११ रन बनाए।

बलिङतर्फ पञ्जाबका कागिसो रबाडाले सर्वाधिक ४ विकेट लिँदा राहुल चहरले २ र सन्दीप शर्माले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जाब १३३ रनमा समेटियो। पञ्जाबका लागि जोनी बेयरस्टोले सर्वाधिक ३२ रन बनाउँदा कप्तान मयंक अग्रवालले २५, ऋषि धवनले २१, लियाम लिभिङस्टोनले १८ रन बनाए।

पञ्जाबलाई लक्ष्यसम्म पुग्न नदिन लखनउका मोसिन खानले ३ विकेट लिँदा दुश्मन्थ चमीरा र क्रुणाल पाण्ड्याले समान २ विकेट लिए। त्यस्तै रवि विश्नोइले १ विकेट लिए।

प्रतिकृया दिनुहोस्