जापान । परदेशमा आफ्नोपनको आभाष मिल्ने एक बिषेश कार्यक्रम हुने भएको छ । नेपाली साहित्यमा रुची राख्ने नेपाली साहित्यकारहरुको जमघटमा सुन्ने र सुनाउने कार्यक्रम मुक्तक महोत्सब सहित अन्य विविध कार्यक्रम हुने भएको हो ।
२१२ औँ भानु जयन्तीको अबसरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजना र तनहुँ समाज जापानको सह आयोजनमा जापानको टोकियोमा जापानमै पहिलाेपटक मुक्तक महोत्सव सहित मुत्तक संग्रह विमोचन र कविता प्रतियोगितामा विजयीहरुलाई पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको अनेसास जापान च्याप्टरका अध्यक्ष अरुण पौडेलले जानकारी दिनुभएको छ ।
आगामी जुलाई १९ तारिख शनिवार शिनओकुबु स्थित साेलमारी मुरा हलमा ७५ औँ नियमित साहित्य श्रृखलां अन्तर्गत मुक्तक वाचन कार्यक्रम सहित मुक्तककार गृष्मा पौडेलको मुक्तकसंग्रह "संघर्ष १०१" को पनि विमोचन हुने भएको हो । सोही कार्यक्रममा सर्वोकृष्ट तिन जनालाई अनेसास जापान सिटी एक्सप्रेस साहित्य पुरस्कार पनि वितरण हुने कार्यक्रम रहेको छ ।