×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राष्ट्रिय सभाबाट लोकसेवा आयोग विधेयक पारित

राष्ट्रिय सभाबाट लोकसेवा आयोग विधेयक पारित


काठमाडौं- प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक २०७८ पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा सो विधेयक बहुमतले पारित भएको हो ।
सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो विधेकय बैठकमा पारितका लागि पेश गर्नुभएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्नुभएपछि बहुमतले पारित भएको हो ।

सभा बैठक जारी रहेकाबेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले आफ्नो ठाउँमा उभिएर विरोध जनाउनुभएको थियो । पार्टीलाई विभाजन हुन नदिने प्रावधान हुँदाहुँदै गलत अध्यादेश ल्याएर एमाले फुटाउने काम भएको भन्दै एमाले सांसद कोमल ओलीले अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण गराउनुभयो । यस्तो प्रबृत्तिले लोकतन्त्र खतरामा पर्ने भन्दै सांसद ओलीले पार्टीले कारवाही गरेका सांसदलाई सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो कुर्सीको अपमान गरेको टिप्पणी गर्नुभयो ।
“एउटा दिमागभित्र दुईवटा चिन्तन, एउटा जिभ्राभित्र दुईवटा बोलीले समस्या समाधान हुँदैन” भन्नुहुँदै सांसद ओलीले भन्नुभो, “यस्तो विकृतिले निम्तिने घटनाको जिम्मेवार सभामुखले लिनुपर्छ ।” सभामुखजस्तो गरिमामय पदलाई आँच पु¥याउने काम भएकाले सदन बैठक चल्न नदिने उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभामा भएको घटना राष्ट्रिय सभामा प्रवेश नगराउन आग्रह गर्नुभयो । तर एमाले सांसदहरुले आफ्नो स्थानमा उभिएर विरोध जनाउनुभयो । सांसदहरुको विरोधकैबीच अध्यक्ष तिमिल्सिनाले सभाको बैठक अगाडि बढाउनुभएको थियो ।बैठकले राष्ट्रिय सभाका पूर्व सदस्य रुक्म शमशेर जवराको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक ३० गते ११ बजे बस्ने अध्यक्ष तिमिल्सिनाले बैठकलाई जानकारी गराउनुभयो ।

प्रतिकृया दिनुहोस्