काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार ईश्वर पोखरेललाई भोट माग्दै चर्चित अभिनेत्री करिष्मा मानन्धर पनि घरदैलोमा सहभागी भएकी छन् । करिष्मासँगै चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी पनि सहभागी भए ।
करिष्मा र आकाश आइतबार बिहान काठमाडौं महानगरपालिका ३ बसुन्धारामा पोखरेलको घरदैलोमा सहभागी भएका थिए । आफू पनि काठमाडौं ५ को स्थायी बासिन्दा भएको बताउँदै करिष्माले पोखरेलले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको र जनताको माझमा भिजेको बताइन् । उनले काठमाडौं ५ मा पोखरेलको विकल्प नभएको बताइन् ।
देश विकासको लक्ष्य लिएर अगाडि बढेको एक मात्र पार्टी एमाले रहेको भन्दै करिष्माले एमालेले जिते मात्रै देशले काँचुली फेर्न सम्भव रहेको प्रतिक्रिया दिइन् ।