×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टोपबहादुर रायमाझीलाई सांसद पदबाट हटाइँदै, प्रतिनिधिसभा बैठकको कार्यसूची

टोपबहादुर रायमाझीलाई सांसद पदबाट हटाइँदै, प्रतिनिधिसभा बैठकको कार्यसूची

 

काठमाडौं-संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको सभामुखले जानकारी गराउने कार्यसूची रहेको छ ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउपछि हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएको अभियोगमा हाल एमालेबाट निर्वाचित सांसद रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत व्यक्ति हाल पुर्पक्षका लागि थुनामा रहेका हुन् ।

यस्तै, आजको बैठकमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेस गर्ने साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको म्याद थपसम्बन्धी प्रस्ताव पेस गर्ने पनि सम्भावित कार्यसूची छ ।

 

प्रतिकृया दिनुहोस्