×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यात्रुबिनै आजदेखि कुर्था–जनकपुर–जयनगर रेल सञ्चालन हुने

यात्रुबिनै आजदेखि कुर्था–जनकपुर–जयनगर रेल सञ्चालन हुने

काठमाडौं - धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ। जयनगर–कुर्था रेलमार्गमा आज बिहान १० बजेदेखि रेल सञ्चालन हुने भएको हो । 

भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । 

उद्घाटन नभएसम्मको लागि यात्रु विना नै रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । रेल कुद्ने भएपछि लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ । 

रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । २०७७ साल असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको हो । 

अहिले रेल धनुषाको इनर्वामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ । रेलको प्राविधिक अवस्था बुझ्न विना यात्रु दैनिक रेल गुडाउन लागेको र कुनै प्राविधिक समस्या देखिए सुधार गर्ने महाप्रबन्धक झाले बताउनुभयो । 

रेलकाे फागुनको दोस्रो हप्ता विधिवत् रुपमा उद्घाटन गर्ने तयारी छ । 

प्रतिकृया दिनुहोस्