काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्रबन्ने सम्भावना नरहेको बताएका छन् । प्रेस संगठनको बैठकलाई शुक्रबारसम्बोधन गर्दै प्रचण्डले चुनावअघि समाजवादी केन्द्र नबन्ने बताए । बामपन्थी दलहरुको छलफलमा केही नेताले उक्तविषय उठाए पनि त्यो अहिले सम्भव नरहेको उनको भनाइ थियो ।
तर, पहिला एकैपार्टीमा रहिसकेका कारण माधव नेपाल नेत्रत्वको नेकपा समाजवादीसॅग भनेपार्टी एकता हुनसक्ने प्रचण्डले बताए । यद्यपि संसदीय निर्वाचनमा कांग्रेससँगैगठबन्धन गर्ने स्पष्ट गरे । वर्तमान सत्ता गठबन्धनमार्फत शान्ति प्रक्रियाका बाँकीकाम पुरा गर्ने उनको भनाइ थियो । तत्काल समाजवादी केन्द्र बन्दैन । चुनावीमोर्चा बनाउने र पछि एकता गर्ने भन्ने कुरा भएको हो । अहिले टुंगिएको छैन,’ उनले भने ।