×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबिच भेटवार्ता हुदै

अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबिच भेटवार्ता हुदै

एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज  भेटवार्ता हुने भएको हो। जापानको हिरोसिमामा जारी सात राष्ट्रको समूह (जी–७) सम्मेलनको अन्तिम दिन उनीहरुबिच भेटवार्ता हुन् लागेको हो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की शनिबार जापानको हिरोसिमा पुगेका हुन् । शुक्रबार नै अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शुक्रबार जापानको हिरोसिमा पिस मेमोरियल पार्क पुगेका थिए ।

यसअघि अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान लिन सहयोग गर्ने जनाएको थियो । यसले युक्रेनको सेनाको क्षमतामा ठूलो वृद्धि गर्ने जेलेस्कीले बताएका छन् ।

यसअघि बेलायती प्रधानमन्त्री ऋषि सुनकले जी–७ युक्रेनका जनतासँग दृढताका साथ उभिने बताएका थिए । पछिल्ला दिनहरूमा युक्रेनले रुसी सेनाविरुद्ध आक्रामक कदम चाल्न पश्चिमी मुलुकहरूसँग सहयोग जुटाउने प्रयास गरिरहेको छ ।

फ्रान्ससँग पनि थप दर्जनौँ ट्याङ्क र सशस्त्र सवारी साधन उपलब्ध गराउन युक्रेनको सहमत भएको छ । पेरिसमा अवतरण गर्नुअघि जेलेन्स्कीले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग पनि भेट गरेका थिए ।

स्कोल्जले भेटका क्रममा २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता गरेका छन् ।

प्रतिकृया दिनुहोस्