×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य प्रतितोला ९९ हजार पुग्यो

सुनको मूल्य प्रतितोला ९९ हजार पुग्यो

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ५०० ले बढेर ९९ हजार तोकिएको छ । 

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० तोकिएको छ । जसको मूल्य बुधबार प्रतितोला ९६ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ ले बढेर एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

नेपालको सुनचाँदी बजारमा अन्तरराष्ट्रिय कारोबारले प्रभाव पार्ने हुँदा विश्व बजारमा सुनचाँदीका मूल्य बढे अनुसारनै आज नेपालको बजार मूल्यमा त्यसको प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्