काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी०प्रति चासो व्यक्त गरेकी छिन् । अमेरिकाले हस्ताक्षरका लागि दाबाब दिइरहेको एसपीपी सम्झौताप्रति चासो देखाउँदै राष्ट्रपति भण्डारीले यसलाई अघि नबढाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएकी बताइएको छ ।
सम्झौताको मस्यौदा सार्वजनिक भएपछि त्यसको विरोध भइहरको छ। देउवाको असार अन्तमा हुने अमेरिका भ्रमण र त्यहीँ बेला सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले दबाब दिइरहको कुरा बाहिर आइरहेका बेला राष्ट्रपति भण्डारीले देशलाई दीर्घकालीन असर पर्ने काम नगर्न सुझाव दिएकी हुन्।
भण्डारीले नेपालको परराष्ट्र र सुरक्षा नीति जुन जगमा उभिएको छ त्यसलाई खलल पार्ने खालका कुनै पनि सम्झौता हुनु हुन्न भन्ने सन्देश देउवालाई पठाएको स्रोतले जानकारी दिएको हो ।