काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मूल्य तोलामा ९३ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी हिजो तोलामा १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।