×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

विधान संशोधन प्रस्तावले ओलीको नियत छर्लङ्ग भयो : नेपाल

विधान संशोधन प्रस्तावले ओलीको नियत छर्लङ्ग भयो : नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको विधान संशोधन प्रस्तावले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नियत छर्लङ्ग भएको बताएका छन् । शनिबार (आज) एमाले बागमती प्रदेश सम्पर्क संगठन कमिटी शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘एमालेको विधान संशोधन गर्ने प्रस्तावले केपी ओलीजीको नियत छर्लङ्ग भएको छ,’ नेपालले भने, ‘कोही साथीहरु यहाँबाट छर्लङ्ग भएका छन्, कोही साथीहरु निराश भएका छन् ।’

सुझाव दिन खोज्दा नमानेको उल्लेख गर्दै नेता नेपालले अध्यक्ष ओलीले ‘मलाई सुझाव दिने मान्छे यो धर्तीमै जन्मेको छैन’ भनेर सोच्ने गरेको बताए । ‘उहाँलाई जबजब सुझाव दिइयो, जबजब विधि र पद्धतिको कुरा गरियो,’ नेपालले भने, ‘उहाँले मलाई सुझाव चाहिँदैन भनेर लाग्नुभयो । मेरो हातखुट्टा बाँध्ने भनेर प्रतिप्रश्न गर्नुभयो । घेराबन्दी गर्ने भनेर प्रश्न गर्नु थाल्नुभयो ।’

यसअघि गत साउन २५ गते च्यासलमा बसेको संस्थापन एमालेको केन्द्रीय कमिटी बैठकमा एमालेमा अध्यक्ष र महासचिवबाहेकका सबै पार्टी पदाधिकारी मनोनीत हुने प्रस्ताव पेश भएको छ । उक्त प्रस्ताव सच्याउनुपर्ने इतर पक्षको माग छ ।

ओली विभाजन चाहनुहुन्छ

नेता नेपालले ओलीले विभाजन चाहिरहेको आरोप लगाएका छन् । ‘उहाँ पार्टी विभाजन चाहिराख्नुभएको छ,’ नेपालले भने, ‘उहाँ सुध्रिनुभएन । यसले पार्टीलाई गाह्रो बनाएको छ ।

तत्कालीन नेकपा हुँदाको बानीव्यवहार नै ओलीमा रहेको उल्लेख गर्दै नेता नेपालले भनेका छन्, ‘उहाँ सुध्रिनुभएन । उहाँ विनम्र हुनुभएको थाहा छैन । व्यवहारमा परिवर्तन देखिएन । उहाँ नसुध्रिएर पार्टीमा समस्या आयो ।’

प्रतिकृया दिनुहोस्