×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार छैन : मन्त्री ज्ञवाली

देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार छैन : मन्त्री ज्ञवाली

काठमाडौं - सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको बताएको छ। कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्ने भए पनि तत्काल देशभर लकडाउनको सम्भावना नरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाइ छ । 

‘तत्काल राष्ट्रिय रूपमा लकडाउन गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने हो । लकडाउन समाधान हैन । 
अहिले भर्खर अर्थतन्त्र तंग्रिन थालेकाले सकभर अर्थतन्त्रमा प्रतिकूल प्रभाव नपरोस् भन्ने सरकारको चाहना हो,’ सत्तारूढ एमालेका प्रवक्तासमेत रहेका उनले आइतबार पार्टीको दशौ महाधिवेशन आयोजक कमिटी बैठकबारे सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै भने ।

उनका अनुसार बैठकले एमाले कार्यकर्ता पंक्तिलाई कोभिड–१९ को नयाँ भेरियन्टविरुद्धको अभियानमा लाग्न निर्देशन दिने निर्णय गरेको छ ।

‘पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट बढेको छ । यो अभियानमा कसरी पार्टी परिचालन गर्ने भन्नेबारे प्रधानमन्त्री एवं अध्यक्षले ब्रिफिङ गर्नुभयो । 
जिल्ला–जिल्लामा डेक्स राख्ने, विदेशबाट आएकालाई क्वारेन्टिनमा राख्नेजस्ता काममा खट्न निर्देशन दिनुभएको छ,’ बैठकपछि प्रवक्ता ज्ञवालीले भने ।

प्रतिकृया दिनुहोस्