×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुख्यमन्त्री पोखरेल भन्छन्-इतिहासले उत्तर खोज्नेछ

मुख्यमन्त्री  पोखरेल भन्छन्-इतिहासले उत्तर खोज्नेछ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा सदस्यलाई अपहरण गरेको आरोपको खण्डन गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले  प्रतिपक्षले सत्तापक्षलाई अपहरणको आरोप लगाएको बताएका हुन् । यो र यस्तै राजनीतिक घटनाक्रमबारे समयले उत्तर खोज्ने उनको भनाइ छ ।

यसअघि प्रदेश सभा सदस्य विमला खत्री (केसी) ले आफूलाई मुख्यमन्त्री पोखरेल निवासमा बन्धक बनाइएको र आफू भागेर आएको आरोप लगाएकी थिइन् ।

मुख्यमन्त्री पोखरेलको स्टाटस –  दुईजना माननियलाई ‘फकाएर’ राजिनामा गराउन सक्ने, ६ जनालाई ‘अनुशासन’को डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननियलाई ‘दल’ परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ । ८७ सदस्यिय प्रदेशसभा कस्का कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।

 

प्रतिकृया दिनुहोस्