×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा लाग्यो भोटे ताल्चा

इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा लाग्यो भोटे ताल्चा

काठमाडौं- त्रिभुवन विश्वविद्यालय र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुबीच हिजो भएको सहमतिको विरोधमा विद्यार्थीहरूले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् । 

उक्त सहमतिमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी र स्ववियुको सहमति नरहेको भन्दै विद्यार्थीहरूले ताला लगाएका हुन् । 


इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको स्नातक तहको शुल्क बढाएर ७ लाख ७५ हजार पुर्‍याएपछि विद्यार्थीहरुले आन्दोलन गरेका थिए ।

शुल्कवृद्धि फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसन बसेका थिए ।


बुधबार त्रिवि पदाधिकारी र विद्यार्थी संगठनका केन्द्रीय नेताहरुले शुल्क वृद्धि फिर्ता गर्ने र विद्यार्थी प्रतिनिधिसहितको समिति बनाएर नयाँ शुल्क निर्धारण गर्ने सहमति गरेका थिए ।

तर नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि उक्त सहमति धोका हो भन्दै सहमति पत्र जलाएको छ । अनसनमा बसेकाहरूलाई निर्णयमा संलग्न नगराइएको भन्दै नेविसंघका सुलभ चापागाँईले नेविसंघ पुल्चोक इकाई सभापतिबाट हिजै राजीनामा दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस्