×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अचानक किन नेपाल आए अलिबाबाका संस्थापक ज्याक मा?

अचानक  किन नेपाल आए  अलिबाबाका संस्थापक ज्याक मा?

काठमाडौं - विश्व विख्यात चिनियाँ कम्पनि अलिबाबाका संस्थापक तथा  खर्बपति तथा ज्याक मा अचानक नेपाल आइपुगेका छन् । विशेष चार्टर्ड बिमान मार्फत उनी मङ्गलबार दिउँसो करिब साढे २ बजेतिर त्रिभुवन विमान स्थलमा अवतरण गरेका हुन् ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले ज्याकमा नेपाल आएको पुष्टि गरे । तर उनी अचानक यसरी नेपाल किन आए भन्ने कारण चाहिँ खुलिसकेको छैन ।


नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केट प्लेस तथा ईकमर्स साइट दराजमा ज्याक माको कम्पनी अलिबाबाको लगानी रहेको छ । चीन सरकारले पछिल्लो समय ज्याक मा र उनको कम्पनी माथि कडाईको नीति लिएको छ ।

केही समय सार्वजनिक जीवनबाट गुमनाम बनेका उनी पछिल्लो समय मात्र बाहिर आएका थिए । 


तत्कालीन समयमा उनलाई चिनियाँ सरकारले बेपत्ता पारेको हुन सक्ने आशंका समेत गरिएको थियो । उनले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए ।

जसले गर्दा उनको कम्पनी आन्ट ग्रुपले जारी गर्न लागेको संसारकै ठूलो आईपीओ समेत रोकिएको थियो । यसैले पनि चिनियाँ सरकारले नै बेपत्ता पारेको हुन सक्ने आँकलन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्