×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोनाबाट मृत्यु भएका पत्रकारका परिवारलाई ५० हजार दिइने

कोरोनाबाट मृत्यु भएका पत्रकारका परिवारलाई ५० हजार दिइने

विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नम्बर १ ले कोरोनाबाट मृत्यु भएको पत्रकारका परिवार र संक्रमित पत्रकारको लागि सहयोग उलब्ध गराउने भएको छ ।

शुक्रबार बसेको प्रतिष्ठानको बैठकले कोरोना संक्रमित पत्रकारहरूमध्ये कम्तीमा एक हप्ता अस्पताल भर्ना भई आइसीयु सेवा लिनु परेका र भेन्टिलेटर सेवा लिनु परेका पत्रकारहरूलाई क्रमशः २५ हजार र ५० हजार रूपैयाँ उपचार सहयोग गर्ने निर्णय गरेको हो ।

त्यस्तै कोरोनाको कारण मृत्यु भएका पत्रकारको परिवारलाई ५० हजार सहयोग गर्ने निर्णय गरेको प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का निर्देशक यज्ञ शर्माले जानकारी दिए । सहयोग रकम लिनका लागि नेपाल पत्रकार महासंघ र जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य गरिएको शर्माले बताए ।

बैठकले क्यान्सर, किड्नी, मुटु र बोनम्यारो सम्बन्धी ‘कडा रोग’ लागेका पत्रकारहरूलाई पनि प्रतिष्ठानमा सम्पर्क गर्न अनुरोध गरेको छ । आर्थिक अवस्थामा समस्यामा रहेका पत्रकारको हित र उनीहरुको उपचामार केही राहत पुगोस् भनेर यो निर्णय गरिएको शर्माले मकालुखबरलाई जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्