×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गायक कुमा सागरलाई ‘जिस्काएको’ आरोपमा कमेडियन सजन ,उत्सव र पोडकास्टर सुशान्तविरुद्ध प्रहरीमा उजुरी

गायक कुमा सागरलाई ‘जिस्काएको’ आरोपमा कमेडियन सजन ,उत्सव र पोडकास्टर सुशान्तविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं - कमेडियन सजन श्रेष्ठ, उत्सव सापकोटा र पोडकास्टर सुशान्त प्रधानविरुद्ध प्रहरीमा उजुरी परेको छ । गायक कुमा सागरलाई जिस्काएको आरोपमा उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दर्ता भएको हो । 


केही दिनअघि पोडकास्टर सुशान्त प्रधानले कमेडियन सुजन जिम्बा, उत्सव सापकोटा र सजन श्रेष्ठसँग अन्तरक्रिया गरेको एक भिडिओ अपलोड गरेका थिए । प्रधानले सामाजिक सञ्जाल विधेयकले कन्टेन्ट क्रियसन र कमेडीलाई कसरी प्रभाव पार्छ भन्ने विषयमा छलफल गर्न उनीहरूलाई निम्त्याएका थिए ।

कार्यक्रममा सजन श्रेष्ठले कुमा सागरको गीत उनकै लवजमा गाउने प्रयास गरेका थिए । यसपछि श्रेष्ठले गायक कुमा सागरलाई होच्याएको भन्दै आलोचना सुरु भयो । विवाद बढेपछि उक्त कार्यक्रम युट्युबबाटै हटाइएको छ ।


परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले निवेदन दर्ता भएको जानकारी दिए । “केही व्यक्तिहरू आएर कम्प्लेन गर्नुभएको छ । सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्ने छ । हामी अनुसन्धान गर्दैछौं,” उनले भने ।

आलोचना बढेपछि सजन श्रेष्ठले फेसबुकमा भिडिओ राखी माफी मागेका थिए । उनले कुमा सागरको भावनामा चोट पुर्‍याउने आफ्नो मनसाय नभएको स्पष्टीकरण दिएका थिए ।

श्रेष्ठले कुमा सागरसँग व्यक्तिगत रूपमा माफी मागेको र भिडिओ हटाइसकेको पनि बताएका छन् । यद्यपि सागरका समर्थकहरू श्रेष्ठको माफीले सन्तुष्ट भएनन् र प्रहरी कार्यालयमा उजुरी गर्न पुगे । उनीहरूले श्रेष्ठको कामले सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।

यस घटनालाई कतिपयले कमेडीको नाममा कसैको भावनामा चोट पुर्‍याउनु गलत भएको प्रतिक्रिया दिएका छन् भने कतिपयले सामान्य रूपमा लिनुपर्ने धारणा राखेका छन् ।

प्रतिकृया दिनुहोस्