बाइडेनले घर-घरमा कोरोना बिरुद्धको शीघ्र जाँच गर्ने नि स्शुल्क उपकरण ५०० मिलियन(५०)करोड पठाउने योजनाको घोषण गर्ने भएका छन् । उनले डिसेम्बर २१ मंगलबारका दिन जाडो मौषमलाई मध्यनजर गर्दै घोषणा गर्ने भएका हुन् ।
साङ्गणिक अर्थात् बिधुतिय माध्यम (अनलाइन) बाट घरबाटै आदेश दिन सकिने छ । खोप लगाइएका अमेरिकीहरूलाई उनीहरूले छुट्टी योजनाहरू रद्द गर्न आवश्यक नपर्ने भन्दै बाइडेनले आश्वासन दिन खोजेका हुन् ।
प्रशासनले अझै पनि प्रत्येक परिवारले कतिवटा परीक्षणहरू अनुरोध गर्न सक्छ भनेर निर्धारण गर्न काम गरिरहेको छ । राष्ट्रपतिको नयाँ पहलहरू मध्ये जनवरी र फेब्रुअरीमा देशभरका अधिक चाप भएका अस्पतालहरूमा तैनाथ गर्न १००० सैन्य सेवा सदस्यहरू तयार गर्ने योजना छ, प्रशासन अधिकारीहरूले भने । ती सेवा सदस्यहरूमा चिकित्सक ,स्वास्थ्य परिचारिका र अन्य सैन्य चिकित्सा कर्मचारीहरू समावेश हुनेछन् ।