×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भक्तपुरमा दुर्गा प्रसाईको अर्बौको कृषि बजार,एमाले अध्यक्ष ओलीले आज उद्घाटन गर्दै

भक्तपुरमा दुर्गा प्रसाईको अर्बौको कृषि बजार,एमाले अध्यक्ष ओलीले आज उद्घाटन गर्दै

भक्तपुर- नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरमा सुरु गरेको तरकारी बजार आज उदघाटन हुँदैछ ।

तरकारी बजारको औपचारिक उद्घाटनको कार्यक्रम बुधबार राखिएको छ। उक्त बजारको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

सूर्यविनायक नगरपालिका(८ को ५० रोपनी जग्गामा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याउनुभएको हो ।

पसलको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ रहेको छ। मंगलबार पत्रकार सम्मेलन गरी प्रसाईंले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर तरकारी बजार सञ्चालनमा ल्याएको बताउनुभयो ।

तरकारी पसलमा ४४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने प्रसाईंले बताउनुभयो।

तरकारी पसलको जग्गा प्रसाईं आफैंले खरिद गर्नुभएको हो ।

तरकारीमा बिचौलियाको अन्त्य गरी किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाईंले बताउनुभयो ।

तरकारी बजारको निर्माण २०७५ सालबाट सुरू गरिएको थियो। कोरोना महामारीका कारण काममा बाधा परेकाले सञ्चालनमा ल्याउन केही ढिलो भएको उहाँले बताउनुभयो।

प्रसाईं नेकपा एमालेको उद्योग विभागका उपप्रमुख हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्