काठमाडौँ- काभ्रेको बनेपामा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बनेपा नगरपालिका-९ स्थित पुलबजारको सडकमा शंकास्पद वस्तु भेटिएको थियो ।
‘नो एमसीसी’ लेखिएको उक्त प्रेसर कुकरलाई सेनाको विशेष टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिए । ‘नो एमसीसी’ र तार जोडेर खतरा लेखिएको वस्तु बिहानै फेला परेको थियो,’ उनले भने, प्रेसर कुकर डिस्पोज गर्दा कुकर खाली रहेको भेटियो ।’
एसपी जोशीकाअनुसार सो खाली कुकर राख्ने दुई जनालाई पक्राउ गरिएको छ । अहिले उक्त वस्तु हटाइसकेपछि सडक सुचारु भएको छ । पक्राउ परेकालाई भने केहीबेरमा सार्वजनिक गरिने उनले बताए ।