काठमाडौं- कर्णालीको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरले आफ्नो अग्रता कायम राखेका छन्। पछिल्लो नतिजा अनुसार त्यहाँ प्रतिनिधिसभा तर्फ १० हजार ६५ मत गणना भएको छ।
त्यसमा शाहीको पक्षमा ५ हजार ५६९ मत आएको छ भने उनका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार माओवादीकी गोमा कुँवरले २ हजार ३६० मत प्राप्त गरेकी छन्।
शाही–कुँवरबीचको मतान्तर ३ हजार २०९ छ। तेस्रो स्थानमा रहेका नेकपा एमालेका रतननाथ योगी १ हजार २९५ मतमा सीमित हुँदा नेमकिपाका डिल्ली प्रसाद काफ्लेले २२२ पाएका छन्।