काठमाडौं- फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणमा आज नेपालले यमनको सामना गर्दैछ । एएफसी एशिया कप २०२७ का रूपमा समेत हेरिएको यो खेलमा नेपाल जित निकाल्नै पर्ने दबाबमा छ । खेल दशरथ रङ्गशालामा साँझ ७ बजे सुरु हुनेछ।
गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ ।
उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ रू चार सय र भिआइपी प्यारापिटतर्फ रू एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् ।