×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इंग्ल्यान्डको पूनरागमन जित, नेदरल्यान्ड्ससँग हार्‍यो डेनमार्क

इंग्ल्यान्डको पूनरागमन जित, नेदरल्यान्ड्ससँग हार्‍यो डेनमार्क

काठमाडौँ- इंग्ल्यान्डले मैत्रीपूर्ण खेलमा स्वीट्जरल्यान्डलाई पराजित गरेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले स्वीट्जरल्यान्डमाथि २-१ को पूनरागमन जित निकालेको छ । इंग्ल्यान्डको पूनरागमन जितमा लुका सा र ह्यारी केनले गोल गरे । स्वीट्जरल्यान्डका ब्रेल इम्वोलोको गोल सान्त्वना बन्यो ।

यस्तै डेनमार्क नेदरल्यान्ड्ससँग ४-२ गोल अन्तरले पराजित भएको छ । डेनमार्कको राष्ट्रिय टिममा पुनरागमन गरेका क्रिस्टियन एरिक्सनले गोल गरेका थिए । गत जुन १२, २०२१ मा कोपेनहेगनमा युरोकप अन्तर्गत फिनल्याण्डविरुद्धको खेलमा मुटुमा समस्या भएपछि मैदानमै ढलेका एरिक्सनले ९ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गर्दै गोल गरेका हुन् ।

नेदरल्यान्ड्सका लागि स्टेभेन बेर्गविजनले दुई गोल गरेका थिए भने नाथन आके र मेम्फिस डिपेले एक एक गोल गरेका थिए । त्यस्तै डेनमार्कका लागि जान्निक भेस्टरगार्ड र क्रिस्टियन एरिक्सनले एक एक गोल गरे ।

प्रतिकृया दिनुहोस्