×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

देशभरका विपन्न नागरिकलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

देशभरका विपन्न नागरिकलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिने भएको छ ।

महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकहरू बिरामी परे पालिकाको सिफारिस आधारमा काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने जानकारी दिएका हुन्‌ ।
महानगरको स्वास्थ्य विभागका अनुसार ५२ अस्पतालका ३७४ बेड विपन्नको उपचार प्रयोजन निम्ति आवद्ध गरिएको छ । निःशुल्क उपचार प्राप्त गर्न विपन्न बिरामीहरूले सम्बन्धित पालिकाबाट विपन्न/असहाय रहेको प्रमाणित हुने सिफारिस लिएर काठमाडौं आउनुपर्नेछ ।

निःशुल्क उपचार निम्ति ११८० मा या महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न बालेनले आग्रह गरेका छन्‌ ।


 

प्रतिकृया दिनुहोस्