नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘तर जरुरी पर्यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ ।’
आज परेको पोष्टबहादुर बोगटीको सातौं स्मृति दिवसलाई पेरिसडाँडाबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए ।