×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सकियो मतदान, २ बजेभित्रै नतिजा !

सकियो मतदान, २ बजेभित्रै नतिजा !

चितवन- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । बिहान ४ बजेदेखि जारी मतदान साढे १० बजे सकिएको हो । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गरिएको थियो । सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला गरी सुरु भएको थियो । निर्वाचनका लागि २१५३ जनाको अन्तिम मतदाता नामावली प्रकाशित भए पनि २०९६ मत मात्र खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

आयोग प्रमुख डा. विजय सुब्बाले नयाँ नेतृत्व घोषणा दिउँसो २ बजे हुने सम्भावना रहेको बताएका छन् । ‘मतदान सकिएको छ । नतिजा घोषणा गर्न धेरै समय लाग्दैन,’ उनले भने, ‘डिजिटल मतलाई कागजमा मुचुल्का उठाउँछौ । सबै बुथको मत जोड्छौ । अनि परिणाम घोषणा गर्छौ । अधिकतम लागे २ बजेसम्म घोषणा भइसक्छ ।’

एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीबीच प्रतिस्पर्धा भएको छ ।

प्रतिकृया दिनुहोस्