×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सहमति जुट्न नसकेपछी एमाले बैतडीमा आज निर्वाचन हुने

सहमति जुट्न नसकेपछी एमाले बैतडीमा आज निर्वाचन हुने

बैतडी - नेकपा एमाले बैतडीको नेतृत्वको लागि सहमति नजुटेपछि आज आइतबार निर्वाचन हुने भएको छ । शनिबार देखि लगातार सहमतिको लागि छलफलमा जुटे पनि निष्कर्ष बिहिन बनेको छ ।

सहमति मै देशभर नेतृत्व चयनको लागि निर्देशन भए पनि बैतडीमा दुई गुट बनेका कारण सहमति बन्न नसकेको हो । जिल्ला नेतृत्वको लागि वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउपालिकाका अध्यक्ष गोरख बहादुर चन्दको कडा दावि देखिएपछि सहमति नजुटेको जनाएको छ ।

टिके प्रणाली भन्दा चलायमान नेतृत्व आउनुपर्छ भन्ने सबैको माग भएपछि लोकतन्त्रको सुन्दर पाटो चुनाब रोजेको चन्द प्यानलबाट सचिवका उम्मेदवार रहेका सन्तोष जोशीको भनाई छ । पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम ,सचिवमा चक्र कार्की,उपसचिवमा लोकेन्द्र भण्डारी,सरस्वती नेपाली चुनावी प्रतिस्पर्धामा हुनेछन । यस्तै चन्द प्यानलबाट उपाध्यक्षमा भगिरथ कुँवर , सचिवमा सन्तोष जोशी,सहसचिवमा जनक बहादुर चन्द , भरत बहादुर मडै चुनावि प्रतिस्पर्धामा हुनेछन ।

आकांक्षिहरू बिच सहमति नभएपछि निर्वाचनको प्रक्रियामा गइसकेको र बिहान ८ बजे देखि भोटिङ हुने भने पनि तयारी पूरा नभएको कारण नयाँ तालिका सार्वजनिक गर्ने तयारि रहेको जिल्ला कमिटी सदश्य लोक बहादुर भण्डारीले बताए । निर्वाचनमा जिल्ला भरिबाट प्रतिनिधित्व गरेर आएका ५०९ जनाले मतदान गर्न पाउनेछन । आजै चुनाव सकिए लगतै मत गणना हुने जनाएको छ ।

प्रतिकृया दिनुहोस्