सहमति जुट्न नसकेपछी एमाले बैतडीमा आज निर्वाचन हुने
पुस २५, २०७८बैतडी - नेकपा एमाले बैतडीको नेतृत्वको लागि सहमति नजुटेपछि आज आइतबार निर्वाचन हुने भएको छ । शनिबार देखि लगातार सहमतिको लागि छलफलमा जुटे पनि निष्कर्ष बिहिन बनेको छ । सहमति मै देशभर नेतृत्व चयनको लागि निर्देशन भए पनि बैतडीमा दुई गुट बनेका कारण सहमति बन्न नसकेको हो । जिल्ला नेतृत्वको लागि वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउपालिकाका अध्यक्ष गोरख बहादुर चन्दको कडा दावि देखिएपछि सहमति नजुटेको जनाएको छ ।
सबै पढ्नुहोस