काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन यहि पुस १३ गते हुने भएको छ । संसदीय दलको नेताको विषयमा सहमती नजुटेपछि पुस १३ गते निर्वाचन तय भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले जनाएको छ ।
समितिले बिहीबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै पुस १३ गते बागमती प्रदेशको कार्यालय हेटौंडामा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन समितिका संयोजक चन्द्र महर्जनले निर्वाचन कार्यतालिका र्साजनिक गर्दै पुस १२ गते मतदाता नामावली प्रकाशन, सोहि दिन दिउँसो ४ बजे अन्तिम नमावली प्रकाशन गर्ने, पुस १३ गते बिहान १०:३० बजे उम्मेदवारको नामावली प्रकाशन तथा सोहि दिन दिउँसो २ बजेबाट ३ बजेसम्म मतदान कार्यक्रम गरि मतपरिणाम सार्वजनिक गर्ने जनाएका छन् । संसदीय दलको नेताको लागि नुवाकोट-२ को २ बाट प्रदेशसभामा निर्वाचित बहादुर सिं लामा र मकवानपुर-२ को २ बाट निर्वाचित इन्द्रबहादुर बानियाँले दाबी गर्दै आएका छन् ।
लामा कांग्रेसको केन्द्रीय सदस्य हुन् भने बानियाँ कांग्रेस बागमती प्रदेशका सभापति हुन् । लामा र बानियाँ दुबै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । ४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकसहित गरेर ३७ सिट प्राप्त गरेको छ ।