×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

थप १५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २,२३९ पीसीआर परीक्षणका क्रममा १०१ जना र २,९१३ एन्टीजेन परीक्षणका क्रममा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११,९३४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै थप ५४० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५५ हजार ९ सय ९८ जना निको भएका छन् । हाल नेपालमा ८ हजार ८ सय ३९ सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्