×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

भोलि सहमति हुने भन्दै १० दिनदेखि बस्दै आएको एमाले कार्यदल बैठक आज पनि

भोलि सहमति हुने भन्दै १० दिनदेखि बस्दै आएको एमाले कार्यदल बैठक आज पनि

नेकपा कार्यदल बैठक शनिबार पनि बस्ने भएको छ । १७ गतेदेखि सुरु भएको एमाले कार्यदल बैठकपछि नेताहरुले भोलि सहमति हुने भन्दै टारे पनि १० दिन लगातार बैठक बस्दा पनि सहमति हुन सकेन । 

राजधानीको चपली घुम्तीस्थित सञ्चार व्यवसायी रामेश्वर थापा निवासमा ३० वैशाखमा केपी शर्मा ओली र माधवकुमार नेपालले आफूहरुबीचको झण्डै दुई महिनाको बिग्रह मत्थर गर्न कार्यदल बनाउने सहमति भएको थियो । उक्त सहमतिपछि समानान्तर अभ्यास गर्दै आएका एमालेका दुई समूहबीच मिलन हुने अपेक्षा गरिएको थियो । 

कार्यदल गठन भए पनि ओली संसद् विघटन गरेपछि दुई समूहबीचको दूरी बढ्दै गएर नेपाल समूहले प्रधानमन्त्रीका लागि देउवालाई समर्थन गर्न तयार भए । नेपाल समूहले देउवालाई समर्थन गरेपछि ओल समूहले कारबाही अघि बढायो र नेता नेपालसहित ११ जनालाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गरियो । 

बैठक जारी भए पनि कुनै सहमति हुन नसकेपछि बिहीबाट नेपाल समूहका कार्यदल सदस्यहरु आक्रोशित बने । नेपाल समूहका नेता घनश्याम भुसालले १० दिन अघिकै अवस्थामा रहेको र कुनै प्रगति नभएको बताए । तर, ओली समूहका नेता सुवास नेम्वाङले भने सहमति नजिक पुगेको र भोलि सहमति हुने बताए । तर, उनको भोलि आएको छैन । 

सहमतिकै लागि एमाले कार्यदल बैठक शनिबार अपराह्न बस्ने बताइएको छ । समय भने उल्लेख गरिएको छैन । 

प्रतिकृया दिनुहोस्